मंगलबार, असार १७, २०८२

कारोबारकाे पहिलाे दिन नै नेप्से सकारात्मक, ११ अंकले बढ्दा पाँच अर्ब ९ करोडको शेयर किनबेच

नेपालखोज २०८१ असोज ६ गते १५:३८

काठमाडाैं । नेप्से बढेको छ । साताको सुरुवाती कारोबार दिन आज आईतबार नैं नेप्से ११ दशमलव ५८ अंकले बढेर २५ सय ८८ दशमलव ३५ अंकमाा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ५० अंकले बढेर चार सय ६३ दशमलव ४३ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय २५ वटा कम्पनीहरुको ७२ हजार नौं सय ५७ पटकको कारोबारमा एक करोड २४ लाख ८५ हजार सात सय ३१ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब नौं करोड २९ लाख ४८ हजार छ सय ९० रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समृुहहरुको शेयर कारोबार भएकोमा पाँच वटा समुहहरुको सुचक घटेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक १४ दशमलव ९१ अंकले बढेर १४ सय ७७ दशमलव ३३ अंकमा पुगेकोमा बिकास बैंक समुहको सुचक पनि ३३ दशमलव ७४ अंकले बढेर पाँच हजार एक सय २१ दशमलव २८ अंकमा चढेको छ । जलबिद्युत समुहको सुचक पनि १० दशमलव १५ अंकले बढेर ३२ सय दशमलव ८५ अंकमा पुगेकोमा जीवन बीमा समुहको सुचक पनि ३० दशमलव ७४ अंकले बढेर १२ हजार पाँच सय ५४ दशमलव ९२ अंकमा चढेको छ । यसैगरी निर्जीवन बीमा समुहको सुचक पनि ६२ दशमलव शुन्य छ अंकले बढेर १३ हजार १२ दशमलव ६९ अंकमा पुगेकोमा लगानी, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन् । फाईनान्स समुहको सुचक भने पाँच दशमलव २५ अंकले घटेर तीन हजार १९ दशमलव ६५ अंकमा झरेकोमा लघुवित्त समुहको सुचक पनि नौं दशमलव १४ अंकले घटेर चार हजार आठ सय ७५ दशमलव ९७ अंकमा झरेको छ । यि बाहेक होटल तथा पर्यटन, उत्पादनमुलक र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा इस्र्टन हाईड्रोपावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा रावा इर्नर्जी डेभलपमेन्ट लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड परेको छ ।

प्रतिक्रिया