मंगलबार, असार १७, २०८२

आजको मौसम कस्तो छ ?

नेपालखोज २०७७ साउन २७ गते ९:२८

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार मनसुनी वायु सक्रिय भएसँगै आज पनि मुलुकका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

महाशाखाकाअनुसार अहिले सबैजसो प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ । तीन दिनको पूर्वानुमान गर्दै महाशाखाले मंगलबार जारी गरेको मौसम पूर्वानुमान वुलेटिन अनुसार मनसुनी न्यून चापीय रेखा हाल नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेकाले अहिले देशका सबै प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति पनि देशका अधिकांश भू(भागमा सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का एकदुई स्थानहरुमा भने भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

यो क्रम बिहीबारसम्म नै कायम रहने भएकाले नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल, पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

प्रतिक्रिया