मंगलबार, असार १७, २०८२

नेप्से बढ्यो, कारोबार रकम घट्यो, ४४ अंकले बढ्दा तीन अर्ब ७१ करोडको शेयर किनबेच

नेपालखोज २०८१ असोज १४ गते १५:३५

काठमाडौं । नेप्से बढेको छ । अघिल्लो दिन २२ दशमलव ३६ घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार भने ४४ दशमलव ४५ अंकले बढेर २५ सय आठ दशमलव ८६ अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ४५ अंकले बढेर चार सय ५१ दशमलव ३४ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय १९ वटा कम्पनीहरुको ५० हजार छ सय ८० पटकको कारोबारमा ९७ लाख १७ हजार नौं सय ५९ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब ७१ करोड ५३ लाख ५५९ हजार नौं सय ३५ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा सामुहिक लगानी कोष समुहको सुचक शुन्य दशमलव १२ अंकले घटेपनि बाँकी समुहहरुको सुचक भने बढेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक १६ दशमलव ८९ अंकले बढेर १४ सय ४४ दशमलव ५९ अंकमा पुगेकोमा बिकास बैंक समुहको सुुचक पनि ९४ दशमलव ३७ अंकले बढेर चार हजार नौं सय ६८ दशमलव ८७ अंकमा पुगेको छ । फाईनान्स समुहको सुचक पनि एक सय १३ दशमलव ७५ अंकले बढेर २८ सय २६ दशमलव शुन्य दुई अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि ३६ दशमलव २४ अंकले बढेर २९ सय ९३ दशमलव २८ अंकमा पुगेको छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि दुई सय १७ दशमलव २० अंकले बढेर १२ हजार चार सय दुई दशमलव ७८ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुुचक पनि ९० दशमलव १२ अंकले बढेर १२ हजार छ सय ६७ दशमलव १७ अंकमा पुगेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिईडबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा प्रभु सेलेक्ट फण्ड परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सर्वोत्तम सिमेन्ट पहिलो स्थानमा परेको छ ।

प्रतिक्रिया