मंगलबार, असार १७, २०८२

शेयर बजारमा उछाल, एक सय १४ अंकले उकालो लाग्दा सात अर्ब ६१ करोडको शेयर किनबेच

नेपालखोज २०८१ असोज १५ गते १५:२७

काठमाडाैं । नेप्सेमा उछाल आएको छ । अघिल्लो दिन ४४ दशमलव ४५ अंकले बढेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार भने एक सय १४ दशमलव ७० अंकले बढेर २६ सय २३ दशमलव ५६ अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि १९ दशमलव ४६ अंकले बढेर चार सय ७० दशमलव ८१ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय सात वटा कम्पनीहरुको ९६ हजार नौं सय छ पटकको कारोबारमा एक करोड ७५ लाख सात हजार पाँच सय ५५ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम सात अर्ब ६१ करोड ६५ लाख २२ हजार दुई सय ५८ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ५५ दशमलव २६ अंकले बढेर १४ सय ९९ दशमलव ८५ अंकमा पुगेकोमा बिकास बैक समुहको सुचक पनि दुई सय ७२ दशमलव ३३ अंकले बढेर पाँच हजार दुई सय ४१ दशमलव २१ अंकमा पुगेको छ । फाईनान्स समुहको सुचक पनि दुई सय ७५ दशमलव ५१ अंकले बढेर तीन हजार एक सय एक दशमलव ५३ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि एक सय ७९ दशमलव १६ अंकले बढेर तीन हजार एक सय ७२ दशमलव ४४ अंकमा पुगेको छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि पाँच सय ११ दशमलव ७९ अंकले बढेर १२ हजार नौं सय १४ दशमलव ५७ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि तीन सय ९१ दशमलव ६५ अंकले बढेर १३ हजार ५८ दशमलव ८२ अंकमा पुगेको छ । यि बाहेक होट तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि बढोक छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बुटवल पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एनएमबी ५० परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड परेको छ ।

प्रतिक्रिया