विष्णुसरस्वती फाउन्डेसन र तारा फाउन्डेसनको सहयोगमा श्री झोरमहांकाल माध्यमिक विद्यालयका विद्यार्थीहरूले निःशुल्क ट्युसन पाउने
नेपालखोज
२०८१ असोज १५ गते १७:४३

काठमाडाैं । विष्णुसरस्वती फाउन्डेसनले बज्रयोगिनी फाउण्डेशन नेपाल र मलेसियाको तारा फाउन्डेसनसँगको सहकार्यमा गरिब तथा शैक्षिक रूपमा कमजोर विद्यार्थीहरूको शैक्षिक गुणस्तर सुधार गर्न सहयोग गर्ने भएको छ ।

काठमाडौंको टोखा नगरपालिकामा रहेको श्री झोरमहांकाल माध्यमिक विद्यालयमा एक कार्यक्रम गर्दै विष्णु सरस्वती फाउन्डेसन, बज्रयोगिनी फाउण्डेशन नेपाल र मलेसियाको तारा फाउन्डेसनले श्री झोरमहांकाल माध्यमिक विद्यालयसँग सम्झौता गरी एमओयूमा मा हस्ताक्षर गरेका छन् ।

विष्णु सरस्वती फाउन्डेसनको पहलमा अब श्री झोरमहांकाल माध्यमिक विद्यालयमा विद्यालय समय पछिको ट्युसन क्लास सन्चाल हुने भएको छ । ट्युसन क्लास सञ्चालनबाट शैक्षिक रूपमा कमजोर विद्यार्थीहरूको शैक्षिक गुणस्तर सुधार हुने र उनीहरूले गुणस्तरीय शिक्षा पाउनेमा फाउन्डेसनले विश्वास लिएको छ ।

सम्बन्धित
प्रतिक्रिया