नेप्सेमा हरियाली, ५६ अंकले बढ्दा छ अर्ब १३ करोडको शेयर किनबेच

काठमाडौं । नेप्से उच्च अंकले बढेको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से ५६ दशमलव शुन्य नौ अंकले बढेर २६ सय ५३ दशमलव ५८ अंकमा पुगेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि नौं दशमलव ७५ अंकले बढेर चार सय ७६ दशमलव ४६ अंकमा चढेको छ । नेप्सेमा आज तीन सय आठ वटा कम्पनीहरुको ६९ हजार आठ सय ६० पटकको कारोबारमा एक करोड ५० लाख ४६ हजार सात सय १० कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम छ अर्ब १३ करोड ८२ लाख छ हजार सात सय पाँच रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक ३२ दशमलव ८३ अंकले बढेर १५ सय २१ दशमलव ९४ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक पनि एक सय १५ दशमलव शुन्य दुई अंकले बढेर पाँच हजार दुई सय ८४ दशमलव २३ अंकमा पुगेको छ । फाईनान्स समुहको सुचक पनि एक सय ९९ दशमलव शुन्य एक अंकले बढेर ३३ सय ५५ दशमलव २२ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि ८५ दशमलव ३६ अंकले बढेर तीन हजार दुई सय दुई दशमलव ७९ अंकमा पुगेको छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि एक सय ७२ दशमलव ७५ अंकले बढेर १३ हजार ३४ दशमलव ६७ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि एक सय ९१ दशमलव ७६ अंकले बढेर १३ हजार १५ दशमलव शुन्य पाँच अंकमा पुगेको छ। यि बाहेक होटल तथा पर्यटन, लगानी, लघुवित्त, उत्पानदनमुलक, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा ङादी ग्रुप पावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा वीन लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने साहस ऊर्जा लिमिटेड परेको छ ।
प्रतिक्रिया