बिहीबार, जेठ २, २०८२

विगत ५० वर्षमा ७३ प्रतिशत घटे जिवजन्तु

नेपालखोज २०८१ असोज २५ गते १३:२०

‘प्रकृति नास हुँदैछ र हाम्रा लागि यसको नतिजा भयानक हुनेछ,’ भन्ने चेतावनीका साथ ‘लिभिङ प्लानेट इन्डेक्स’ जारि भएको छ । यसले वन्यजन्तु र जैविक विविधतामा भएको क्षतिको जुन चित्रण गरेको छ र त्यो निकै गम्भीर छ । पछिल्लो आधा शताब्दी (१९७०-२०२०) मा वन्यजन्तुको जनसंख्याको औसत आकार ७३ प्रतिशतले घटेको छ ।

यो आँकडा हामीले अनुगमन गर्न सक्ने वन्यजन्तुको मात्र हो । यसमा ५,४९५ प्रजातिका उभयचर (पानी र जमिन दुवैमा बस्ने), चराचुरुङ्गी, माछा, स्तनधारी र सरीसृपहरू पर्छन् । सबैभन्दा ठूलो गिरावट ताजा पानीमा बस्ने जीवहरूमा भएको छ। भूमिगत जलस्रोतमा यो ह्रास ६९ प्रतिशत तथा सामुद्रिक जीवनमा ५६ प्रतिशत छ । यो जानकारी पछिल्लो ‘लिभिङ प्लानेट इन्डेक्स’ (LPI) बाट प्राप्त भएको हो ।

यो सूचकांक ‘वर्ल्ड वाइल्डलाइफ फाउण्डेशन’ (WWF) तथा जुलोजिकल सोसाइटी अफ लण्डन (ZSL) ले जारी गरेको हो । यो सूचकांक ‘प्रारम्भिक चेतावनी प्रणाली’ ( अर्ली वार्निंङ सिस्टम ) जस्तै हो, जसले जीवहरू लोप हुने खतराका सम्बन्धमा सचेत गराउँछ भने यो हाम्रो प्राकृतिक वातावरण र इकोसिस्टमको स्वास्थ्यको ब्यारोमिटर पनि हो। वन्यजन्तुको कमिले सिंगो विश्व प्रभावित भए पनि केही भाग अरुभन्दा बढी प्रभावित छन् ।

सबैभन्दा बढी गिरावट ल्याटिन अमेरिका र क्यारिबियन (क्यारिबियन सागर र यसका टापुहरू) मा ९५ प्रतिशत देखिएको छ। यो कमी अफ्रिकामा ७६ प्रतिशत र एसिया र प्रशान्त क्षेत्रमा ६० प्रतिशत छ । युरोप र मध्य एसिया (३५ प्रतिशत) तथा उत्तर अमेरिका (३९ प्रतिशत) मा अवस्था अपेक्षाकृत राम्रो छ ।

प्राकृतिक वातावरणको ह्रास र विलुप्तता प्रकृतिको व्यापक क्षतिको सबैभन्दा चिन्ताजनक पक्ष हो। प्रतिवेदनमा हाम्रो खाद्य प्रणालीलाई यसको प्रमुख कारण मानिएको छ । त्यसपछि प्राकृतिक स्रोत र क्षेत्रहरूको व्यापक दोहन , घुसपैठिया प्रजाति र रोग प्रकृति क्षतिका लागि सबैभन्दा बढी जिम्मेवार छन् ।

जलवायु परिवर्तन पनि एउटा प्रमुख जोखिम हो भने ल्याटिन अमेरिका र क्यारिबियन सबैभन्दा जोखिममा रहेका क्षेत्र हुन्। यसैगरि प्रदूषण उत्तर अमेरिका, एशिया र प्रशान्त क्षेत्रका लागि ठूलो खतरा हो ।

प्रतिक्रिया