बिहीबार, जेठ २, २०८२

गएको वर्ष विश्वभरका नदीहरूका लागि विगत ३३ वर्षमा सबैभन्दा सुक्खा वर्ष

नेपालखोज २०८१ असोज २७ गते ७:०९

विश्व मौसम विज्ञान संगठनको पछिल्लो प्रतिवेदन ‘स्टेट अफ ग्लोबल वाटर रिसोर्स – २०२३’ ले गएको वर्ष विश्वभरका नदीहरूका लागि विगत ३३ वर्षमा सबैभन्दा सुक्खा वर्ष भएको कुरा बताएको छ ।

२०२३ रेकर्ड तोड तातो वर्ष थियो र केही स्थानहरूमा लामो खडेरी समेत पर्यो  जसले नदीहरूलाई सुकाउने नयाँ कीर्तिमान बनायो ।

विश्व मौसम विज्ञान संगठनका अनुसार धेरै देशका कैंयन नदीले सुख्खा हुनुको पीडा भोगे किनभने नदीहरूका पानीको महत्त्वपूर्ण स्रोत हिमनदीहरू विगत पाँच दशकमा उल्लेखनीय रूपमा घटेका छन् ।

विश्व मौसम विज्ञान संगठनको चेतावनी छ – यसरी बरफ पग्लिँनुको दीर्घकालीन असरका रुपमा “जल सुरक्षा” खतरामा पार्न सक्छ, जसले विश्वभर लाखौं मानिसलाई प्रभाव पार्छ ।

प्रतिक्रिया