सोमबार, असार १६, २०८२

नेप्सेमा ३१ अंकको बृृद्धि, तीन अर्ब छ करोडको शेयर किनबेच

नेपालखोज २०८१ असोज २९ गते १५:५०

काठमाडौं । दशैँको लामो सरकारी बिदापछि आज मंगबार खुलेको नेप्से पहिलो दिन नैं उच्च अंकले बढेको छ । नेप्से आज ३१ दशमलव ४८ अंकले बढेर २६ सय ९९ दशमलव ६६ अंकमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ९० अंकले बढेर चार सय ८६ दशमलव २९ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय सात वटा कम्पनीहरुको ३५ हजार छ सय ४८ पटकको कारोबारमा ६४ लाख १७ हजार दुई सय ६७ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब छ करोड २३ लाख ३७ हजार सात सय ९९ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा उत्पादनमुलक समुहको सुचक १५ दशमलव ६४ अंकले घटेको छ भने बाँकी समुहहरुको सुचक उच्च अंकले बढेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक २४ दशमलव ६१ अंकले बढेर १५ सय ७० दशमलव ६४ अंकमा पुगेकोमा बिकास बैंक समुहको सुचक पनि ८२ दशमलव ४९ अंकले बढेर पाँच हजार तीन सय ४६ दशमलव ६३ अंकमा चढेको छ । फाईनान्स समुहको सुचक पनि एक सय ४९ दशमलव ६१ अंकले बढेर ३३ सय ९० दशमलव ३४ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि २३ दशमलव ४८ अंकले बढेर ३२ सय ४५ दशमलव ३३ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय ३० दशमलव ३८ अंकले बढेर १३ हजार एक सय ६६ दशमलव ३४ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ६६ दशमलव ३४ अंकले बढेर १३ हजार १६ दशमलव ३९ अंकमा पुगेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, लघुुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा जानकी फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मिड सोलु हाईड्रोपावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा गुडविल फाईनान्स परेको छ ।

प्रतिक्रिया