राष्ट्र बैंकको लगानी प्रस्ताव,पाँच अर्ब ३१ करोड रुपैयाँ बैकिङ प्रणालीमा राखिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँच अर्ब ३१ करोड रुपैयाँ लगानीको लागि प्रस्ताव आव्हा गरेको छ । राष्ट्र बैंकले बुधबार बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको नाउँमा सुचना जारी गर्दै उक्त परिमाणको निक्षेप लगानीको प्रस्ताव आव्हान गरेको हो । उपदान तथा पेन्सन कोषमा रहेको रकम तीन सय ६६ दिने मुुद्धतीकोरुपमा लगानी गर्न प्रस्ताव आव्हान गरिएको राष्ट्र राष्ट्र बैंकको भनाई छ ।
रकम लगानीको अवधि २०८१ कात्र्तिक १३ गते देखि २०८२ कात्र्तिक १२ गतेसम्म रहने छ । रकम लगानी गर्न चाहाने बैक तथा फाईनान्स कम्पनीहरुले यही कात्र्तिक चार गते आईतबार चार बजेसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर प्रस्ताव पेस गर्नुपर्ने छ ।
राष्ट्र बैंकका अनुसार लगानीको लागि छुट्याईएको कुल रकम मध्ये बाँणिज्य बैंकहरुको लागि चार अर्ब २४ करोड ८० लाख, बिकास बैंकहरुको लागि ७९ करोड ६५ लाख र फाईनान्स कम्पनीहरुको लागि २६ करोड ५५ लाख रुपैंयाँ तोकिएको छ । रकम लगानी चाहाने बैंक तथा बित्तीय संस्थाहरु सञ्चालनमा आएको दुई बर्ष पुरा गरेको हुनुपर्ने, निष्क्रिय कर्जा राष्ट्र बैंकले तोकेको सिमाभित्र रहेको हुनुपर्ने लगायतका प्रावधानहरु तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया