शुक्रबार, वैशाख १२, २०८२

नाइजेरियामा जुम्ल्याहाहरुको उत्सव

नेपालखोज २०८१ असोज ३० गते १५:१३

काठमाडाैं । नाइजेरियाको इग्बो-ओरा सहर “जुम्ल्याहाको राजधानी” का रुपमा चिनिन्छ । जुम्ल्याहा बच्चाको उच्च जन्मदरलाई लिएर यहाँ विशेष पर्व समेत मनाइन्छ । यस्तो महोत्सवमा साना ठूला जुम्ल्याहा जोडीहरुको उपस्थिति रहन्छ ।
यसपटक पनि नाइजेरियाको दक्षिण-पश्चिमको ओराको इग्बो सहरमा सयौं मानिस जुम्ल्याहा बच्चाको जन्म मनाउन भेला भए । चर्को संगीत, प्रतिभा प्रदर्सन तथा शाही अतिथि यो कार्यक्रमको आकर्षक रहे ।

ओबा केहिंडे गबाडेवोले ओलुगबेन भन्छन – “इग्बो-ओरामा जुम्ल्याहा बच्चा नभएको सायदै कुनै परिवार होला।”

जुम्ल्याहाको जादू

जुम्ल्याहाको यो पर्वमा साना बालबालिका पनि सहभागी हुन सक्छन् । यी बच्चाहरूले एकै खालक‍ो पहिरन लगाउँछन्। योरुबा संस्कृतिमा जुम्ल्याहालाई सम्मान गरिन्छ र तिनीहरूको पहिलो नाम परम्परागत रूपमा तय गरिन्छ। जेठो बच्चाका लागि, ताइवोको अर्थ “संसारको स्वाद लिने” र दोस्रो बच्चाको लागि, केहिन्देको अर्थ “पछि आएको व्यक्ति” हो ।

शानदार आयोजन

कात्तिक १२ गते सुरु भएको यो पर्वका अबसरमा पूरै सहर हर्षोल्लासको सागरमा डुबेको थियो । उक्त अवसरमा परम्परागत नृत्य समूहले रंगीन कार्यक्रम प्रस्तुत गरेका थिए । यस कार्यक्रममा येभल्याण्डका शासक बाहेक सहरका अन्य धेरै महत्त्वपूर्ण प्रतिनिधिहरू सहभागी थिए।
इग्बो-ओरा जाने जो कोहीले त्यहाँ जुम्ल्याहा बच्चाहरू देख्छन् । विश्वव्यापी जुम्ल्याहा दर प्रति १,००० जन्ममा १२ छ । अध्ययन अनुसार इग्बो-ओरामा यो दर प्रती १,००० जन्ममा लगभग ४५ छ ।

उच्च जुम्ल्याहा दरको रहस्य

यहाँ जुम्ल्याहा बच्चाको उच्च जन्मदर हुनुमा विभिन्न कारण दिइएको छ । स्थानीय मानिसहरूले आहार, विशेष गरी भिन्डिको पात र अमलालाई यसको कारण मान्छन्। यद्यपि विशेषज्ञहरू आहार र जुम्ल्याहा बच्चाको उच्च दर बीच कुनै प्रमाणित सम्बन्ध छैन भन्ने मान्छन ।

जुम्ल्याहा सन्तान इश्वरको वरदान

सहरका धेरै जसो मानि जुम्ल्याहा सन्तान हुनु लाई आशिष् मान्छन । नाइजेरियाले अहिले गम्भीर आर्थिक संकटको सामना गरिरहेको छ। तर यस्ता समारोहले दैनिकीको चिन्ताले घेरिएका मानिसहरूलाई खुसी हुने अवसर प्रदान गर्दछ।

सबै पुस्ताका जुम्ल्याहा

यो समारोहमा सबै उमेरका जुम्ल्याहालाई स्वागत गरिन्छ। ओयो राज्यको राजधानी इबादान विश्वविद्यालयमा योरुबा संस्कृतिका अनुसन्धानकर्ता ताइवो ओजेवाले जुम्ल्याहा बच्चाहरुको यो उत्सव “परम्परागत धार्मिक विश्वासमा आधारित” रहेको बताए।

सुलियत मोबोलाजीले आठ महिनाअघि जुम्ल्याहा बच्चा जन्माएकी थिइन् । मोबोलाजी भन्छिन्, त्यसयता उनको परिवारले उनिमाथि उपहारको वर्षा गर्दै आएको छ । “यसले मेरो जीवन परिवर्तन गरेको छ,” ३० वर्षीया सुलियातले भनिन । जुम्ल्याहा सन्तानलाई काखमा राख्दै उनले भनिन्, “जुम्ल्याहा बच्चा जन्माए कसैले अभागी हुनु पर्दैन , यो भगवानको उपहार हो।”

प्रतिक्रिया