बाढीपहिरो क्षेत्र घोषणा गरिएका पालिकालाई १ करोडसम्मको राहत उपलव्ध गराइने

काठमाडाैं । हालैको बाढीपहिरोपछि संकटग्रस्त क्षेत्र घोषणा गरिएका पालिकाहरुलाई १ करोडसम्मको राहत उपलव्ध गराइने भएको छ । सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले संकटग्रस्त क्षेत्र घोषणा गरिएका ७१ पालिकाहरुलाई तीन समूहमा बर्गिकरण गर्दै रु ५० लाख देखि १ करोडसम्मको राहत दिने निर्णय गरेको हो ।
जसअनुसार पहिलो समूहमा परेका ९ वटा स्थानीय तहलाई रु १ करोड, दोश्रो समूहमा परेका १२ स्थानीय तहलाई रु ७५ लाख र तेश्रो समूहमा परेका ५० स्थानीय तहलाई रु ५० लाखका दरले राहत उपलव्ध गराउन सिफारिस गर्ने निर्णय भएको प्राधिकरणका सहसचिव बसन्त अधिकारीले जानकारी दिए ।
बैठकले स्थानीय तहलाई राहत रकम खर्च गर्नका लागि सरल प्रक्रिया बनाउने निर्णय गरेको छ । त्यस्तै बैठकले बिपद् तथा खोज कार्यलाई प्रभावकारी बनाउन थप संख्यामा हेलिकप्टर लगाएत अन्य उपकरणको व्यवस्थापनका लागि राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण राष्ट्रिय परिषद्मा सिफारिस गर्ने निर्णय गरेको अधिकारीले बताए ।
बैठकले हालैको मनसुनका कारण मृत्यु भएका व्यक्तिको परिवारका एक जना व्यक्तिको बीमा गर्न पनि सिफारिस गर्ने निर्णय गरेको उहाले जानकारी दिए ।
त्यस्तै बैठकले विपद जोखिम न्युनीकरण तथा व्यवस्थापनको बैठकमा नीजि क्षेत्रलाई पनि सहभागीता गराउने निर्णय गरेको छ भने पश्चिम नेपालमा गएको भूकम्पपछिको बाँकी रहेका पूननिर्माणका कामलाई तीव्रताका साथ अघि बढाउने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया