शुक्रबार, जेठ ३, २०८२

गोविन्दे हात्तीमा रेडियोकलर जडान

नेपालखोज २०८१ कार्तिक १ गते २१:४३

चितवन । चितवन राष्ट्रिय निकुञ्जले जंगली हात्ती गोविन्देमा रेडियोकलर जडान गरेको छ । गोविन्देले निकुञ्जका कर्मचारीलाई आक्रमण गरी मारेपछि रेडियोकलर जडान गरिएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार, गोविन्देलाई खोरसोर क्षेत्रमा नियन्त्रणमा लिएर रेडियोकलर जडान गरिएको हो । हात्तीले आक्रमण गर्न थालेपछि त्यसको दाह्रासमेत काटिएको उनले बताए ।

गोविन्देले गत असोज १७ गते हात्तीसारका एक कर्मचारीलाई आक्रमण गरी मारेको थियो । ‘पछिल्लो समय गोविन्देले दुःख दिन थालेपछि त्यसमा रेडियो कलर जडान तथा दाह्रा काट्ने काम गरिएको हो,’ सूचना अधिकारी तिवारीले भने ।

यहाँ जंगली हात्ती ध्रुवे, गोविन्दे, मकुनालगायतले बर्सेनि निकुञ्ज र त्यस आसपासका क्षेत्रमा दुःख दिँदै आएका छन् । समूहबाट एक्लिएका भाले हात्तीहरू उनीहरूलाई अधिक यौन चाहना भएको समयमा बढी आक्रामक बन्ने गरेको निकुञ्जले जनाएको छ । रासस

प्रतिक्रिया