२५ अंकले बढ्दा चार अर्ब १७ करोडको शेयर किनबेच

काठमाडौं । शेयर बजारमा करेक्सन देखिएको छ । अघिल्लो दिन ५७ अंकले घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार भने २५ दशमलव ८८ अंकले बढेर २६ सय ६५ दशमलव ८१ अंकमा चढेको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ४७ अंकले बढेर चार सय ८० दशमलव ७१ अंकमा चढेको छ । नेप्सेमा आज तीन सय १४ वटा कम्पनीहरुको ५३ हजार छ सय ७८ पटकको कारोबारमा एक करोड नौं लाख ६२ हजार दुई सय ८१ कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम चार अर्ब १७ करोड १६ लाख ६५ हजार छ सय १९ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १० दशमलव ७० अंकले बढेर १५ सय ६५ दशमलव ८७ अंकमा पुगेकोमा बिकास बैंक समुहको सुचक पनि ६४ दशमलव ८७ अंकले बढेर पाँच हजार दुई सय ५४ दशमलव १० अंकमा पुगेको छ । फाईनान्स समुहको सुचक पनि ९६ दशमलव ७८ अंकले बढेर तीन हजार दुई सय ८४ दशमलव ३५ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि ४५ दशमलव १७ अंकले बढेर तीन हजार दुई सय १८ दशमलव ४० अंकमा पुगेकोमा छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि ६३ दशमलव २८ अंकले बढेर १२ हजार आठ सय ३७ दशमलव ८९ अंकमा चढेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ७८ दशमलव १९ अंकले बढेर १२ हजार आठ सय ४४ दशमलव ५३ अंकमा पुगेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा रावा इर्नर्जी डेभलपमेन्ट लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा वीन लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने गुडविल फाईनान्स लिमिटेड परेको छ ।
प्रतिक्रिया