शनिबार, जेठ ४, २०८२

नेपालको पहिलो राजमार्ग त्रिभुवन राजपथ

सुनील उलक २०८१ कार्तिक ७ गते ७:१९

वि.सं. २००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्र आए पछि पहिलो बिदेशी कुटनीतिक ब्यक्तिको भ्रमणको रुपमा वि.सं. २००८ को असार २ गते भारतीय प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरु नेपाल भ्रमणमा आएका थिए । यहि भ्रमणको समय राजा त्रिभुवनले देशमा सडक यातायातको असुविधा रहेको जानकारी गराए पछि पण्डित नेहरुले छिट्टै नै राजमार्ग निर्माणमा सहयोग गर्ने आश्वासन दिएर फर्केका थिए ।

नेहरु स्वदेश फर्केको केवल ९ महिना पछि चैत्र २००८ मा नै भारतीय सेनाका इञ्जिनियरहरुको टोली सर्वेको लागी आइपुगेका थिए । भारतीय सेनाका रिटार्यड कर्णेल ग्रान्टको निगरानीमा आएका सैनिक इञ्जिनियरहरुले निकै कठिन रहे तापनि राजमार्ग निर्माण गर्न सकिने जानकारी गराएका थिए । सबैभन्दा कठिन कार्य ठूला ठूला रोडरोलरलाई थानकोट पुर्याउनुको समस्या थियो ।

रोडरोलरलाई खोलेर बिभिन्न सामानहरु कुनै भरियाहरुबाट कुनै रोपवेबाट थानकोट पुर्याइए पछि फेरी जोड्ने कार्य गरियो । अन्तत वि.सं. २००९ मंसिर ७ गते शनिवार विवाह पञ्चमीको साइत पारेर चन्द्रागिरी तर्फबाट डोजरले खनेर राजमार्ग निर्माणको शुभारम्भ गरिएको थियो ।

चन्द्रागिरीदेखी भैसै दोभान सम्मको केवल ७९ माइल ९१२७ किमी०को राजमार्ग निर्माणको लागी तीन भागमा बिभाजन गरिएको थियो । पहिलो भाग भैसे दोभान देखि सिमभन्ज्याङसम्मको २९ माइल ९४७ किमी०, दोश्रो भागमा थानकोट देखि पालुङ खोलाको ३८ माइल९६१ किमी० र तेश्रो पालुङ खोला देखि सिमभन्ज्याङको १२ माइल९१९ किमी०मा बिभाजन गरिएको थियो । सिमभन्ज्याङ ८१५० फीट सबैभन्दा उचाइमा रहेकोले पनि निर्माणमा कठिनाइ थियो ।

सडकको मापदण्ड अनुसार यस सडकलाई सेनाका इञ्जिनियरहरुले क्लास ९ अन्तर्गत राखेका थिए । ३ टन भन्दा बढि ढुवानी गर्न नसकिने, साथै सडकको चौडाइ समथर स्थानमा २१ फिट र उकालोमा १८ फिट रहने योजना गरिएको थियो । पुरै राजमार्गमा ८०० वटा ठूला कलभर्ट, ५० वटा साधारण कलभर्ट, ७ वटा पुल तथा १६ स्थानमा सडकमा पानी बग्न मिल्ने गरि ढलान गरेर पक्की सडक ९ऋबगकभधबथक० बनाउनु पर्ने थियो ।

भारतीय सेनाका इञ्जिनियरहरुको साथ ३४५० नेपाली मजदुरहरु थिए । १५५० मजदुर भैसेदोभान तर्फ थिए, ८०० मजदुर पालुङखोला तिर थिए भने ११०० मजदुर थानकोट तर्फ थिए । यसको साथै ७१ वटा ठूला मशिनरी इक्विपमेन्टहरु ९बुलडोजर, रोडरोलर, कम्प्रेसर, क्रसर० निर्माणमा लगाइएको थियो । उद्घाटनको समयसम्ममा यि मशिनहरुले झण्डै १७५००० लिटर पेट्रोल तथा १४४००० लिटर डिजल सिध्याएको थियो ।

साथै ५०० नेपाली सैनिक जवानहरु पनि निर्माणको क्रममा खटाइएको थियो । चट्टान फुटाउनको लागी २ लाख पाउण्ड बिष्फोटक भारतबाट ल्याइएको थियो भने नेपालमै १९६००० पाउण्ड ब्लाकपाउडर उपयोग गरिएको थियो । निर्माणको क्रममा ८ मजदुरहरुले जीवन गुमाउनु परेको थियो ।

एक वर्ष पछि मंसिर २६, २०१० मा विवाह पञ्चमीकै दिन पारेर जीप मात्र चलाउन सकिने गरि बडामहारानी कान्ती राज्यलक्ष्मीले राजमार्गको उद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोहमा युवराज महेन्द्र, प्रधानमन्त्री मातृका प्रसाद कोइराला तथा भारतीय राजदुत बिके गोखलेले सम्वोधन गरेका थिए ।

यसरी जीपको लागी २०१० को मंसिरमा नै उद्घाटन भए पनि ट्रकहरु गुड्न भने अर्को दुइ वर्ष पर्खनु पर्यो । नियमित ट्रकबाट ढुवानीको सेवा भने नेपाल ट्रान्सपोर्ट सर्विसको स्थापना पछि २०१५ को चैत देखि बल्ल भयो । असार २०१६ सालबाट नेपाल ट्रान्सपोर्ट सर्विस नियमित बस सेवा काठमाडौबाट अमलेखगञ्जसम्म शुरु भएको थियो ।

पहिले नेपाल गवर्मेन्ट रेलवेले नियमित सेवा दिएको हुँदा काठमाडौलाई अमलेखगञ्जसम्म मात्र जोडिएको थियो । पछि रेलसेवा बन्द हुन थाले पछि वीरगञ्जबाट अमलेखगञ्जको सडक यातायातले प्राथमिकता पाउन थाल्यो ।

निर्माणको काम समाप्त भएको थिएन । काम चलिरहेको थियो । यस्तैमा २०१३ को माघमा हिउँ परेर काममा अवरोध समेत आएको थियो । भारतीय सरकारका तर्फबाट भारतीय सेनाले पत्रकारहरुलाई पनि निर्माणको उपलब्धि देखाउन सिमभन्ज्याङमा ल्याएको थियो ।

प्रतिक्रिया