नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज ७ सयले घट्याे
नेपालखोज
२०८१ कार्तिक ८ गते ११:३६
काठमाडाैं । लगातार नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज (बिहीबार) भने घटेको छ । नेपाली बजारमा आज सुन प्रतितोला सात सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ६६ हजार रुपैयाँ तोकेको छ । यसअघि बुधबार १ लाख ६६ हजार ७ सय रूपैयाँ कायम भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि ४० रूपैयाँले घटेको छ । बुधबार तोलामा २१ सय ३५ रूपैयाँमा कारोवार भएको चाँदी आज ४० रूपैयाँले घटेर २ हजार ९५ रूपैयाँमा कारोवार भइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया