आइतबार, असार १५, २०८२

नेप्से २६ सय २७ बिन्दुमा कायम रहँदा झण्डै ३० अर्बको शेयर किनबेच

नेपालखोज २०८१ कार्तिक ९ गते १२:२९

काठमाडौं । सेयर बजार परिसुचक नेप्से यो साता दुई हजार छ सय २७ दशमलव १४ बिन्दुमा सिमित भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार सय ७४ दशमलव २६ बिन्दुुमा सिमित भएको छ ।
धितोपत्र बजारमा यो साता तीन सय २४ वटा कम्पनीहरुको सेयर कारोबार भएका छन् । जसअनुुसार तीन लाख ४१ हजार छ सय ९३ पटकको कारोबारमा सात करोड ३७ लाख २० हजार सात सय ८० कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम २९ अर्ब ९५ करोड सात लाख ७५ हजार दुई सय ४७ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा झण्डै १४ अर्ब रुपैंयाँले बढी हो ।

गत साता तीन सय २० वटा कम्पनीहरुको सेयर कारोबार भएका थिए । जसबाट एक लाख ८२ हजार ८८ पटकको कारोबारमा तीन करोड ८४ लाख ४९ हजार ८१ कित्ता शेयर खरिद–बिक्री हुुँदा कुल कारोबार रकम १५ अर्ब ९१ करोड ५३ लाख ६७ हजार सात सय तीन रुपैयाँ पुगेको थियो । नेप्सेको नियमित कारोबार कक्ष यो साता पाँच कार्य दिन नैं खुल्ला रहेको थियो । जसमध्ये तेस्रो दिन उकालो लागेको नेप्से परिसुचक बाँकी चार कार्य दिन भने लगातार ओरालो लागेको थियो ।

दैनिक शेयर कारोबारको बिश्लेषण गर्दा साताको पहिलो कारोबार दिन आईतार बजार परिसुचक ४७ दशमलव ४४ अंकले ओरालो लागेर २६ सय ९७ दशमलव ९१ बिन्दुुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दशमलव ९१ अंकले ओरालो लागेर चार सय ८७ दशमलव ३९ बिन्दुमा झरेको थियो । दोस्रो कारोबार दिन पनि बजार परिसुचक ५७ दशमलव ९९ अंकले ओरालो लागेर २६ सय ३९ दशमलव ९२ बिन्दुुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ११ दशमलव १४ अंकले ओरालो लागेर चार सय ७६ दशमलव २४ बिन्दुमा झरेको थियो । तेस्रो कारोबार दिन भने बजार परिसुचक २५ दशमलव ८८ अंकले उकालो लागेर २६ सय ६५ दशमलव ८१ बिन्दुुमा चढेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ४७ अंकले उकालो लागेर चार सय ८० दशमलव ७१ बिन्दुमा चढेको थियो । चौंथो कारोबार दिन भने बजार परिसुचक २० दशमलव ४१ अंकले ओरालो लागेर २६ सय ४५ दशमलव ३९ बिन्दुुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ४५ अंकले ओरालो लागेर चार सय ७७ दशमलव २६ बिन्दुमा झरेको थियो । पाँचौं कारोबार दिन पनि बजार परिसुचक १८ दशमलव २५ अंकले ओरालोे लागेर २६ सय २७ दशमलव १४ बिन्दुुमा झरेकोमा क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ९९ अंकले ओरालो लागेर चार सय ७४ दशमलव २६ बिन्दुमा झरेको थियो ।

यस साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा गुडविल फाईनान्स, नेपाल फाईनान्स, नेपाल एसबिआई बैंक आदि परेका छन् भने सेयर कारोवार भएको संख्याको आधारमा गुडविल फाईनान्स, एनआईसी एशिया बैंक अगाडि परेको छ । यसैगरी बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि परेका छन ।

दैनिक सेयर कारोबार तालिका

दिनकम्पनी संख्या कारोबार संख्याकित्ता संख्याकारोबार रकम
पहिलो दिन३१५८८७१४२०८६८९१९८१८०२६२५७२.१२
दोस्रो दिन३१९७२४२५१३८६३४४३५९००७९१०४४.४८
तेस्रो दिन३१४५३६७८१०९६२२८१४१७१६६५६१९.७०
चौंथो दिन३२४६५०९११५७४२५१४६२७८९५१८५३.७३
पाँचौं दिन३१७६१७८५१२२८३६२३५४१९१०४१५७.२९
कुल ३२४ ३४१६९३ ७३७२०७८० २९९५०७७५२४७.३२
(श्रोत: नेपाल स्टक एक्सचेन्ज लिमिटेड)

प्रतिक्रिया