मंगलबार, असार १७, २०८२

भदौ १ देखि दोस्रो चरणको उद्धार उडान हुने

नेपालखोज २०७७ साउन ३० गते २०:१३

काठमाडौं । भदौ १ देखी दोस्रो चरणको उद्धार उडान सुरु हुने भएको छ । नेपाल वायुसेवा निगमले शुक्रबार विज्ञप्ती जारी गर्दै आगामी अगष्ट १७ देखी ३१ सम्मको उद्धार उडाको तालीका सार्वजनिक गरेको होे ।

सरकारले उद्धार उडानको माध्यमबाट दैनिक ५ सयजनाको उद्धार गर्ने छ । सो अनुसार दैनिक २ सय जना सरकारी खर्चमा नेपाल भित्रिने छन् भने ३ सय जना आफैं टिकट काटेर फर्कने बताईएको छ ।

बिहीबारसम्म ५० हजार ४ सय १३ जना नेपालीको उद्धार भईसकेको पनि कोरोना नियन्त्रण तथा रोकथाम केन्द्र (सिसिएसि) ले जनाएको छ । नेपाल फर्कन चाहने नेपालीहरु सम्बन्धित देशको दुतावासको सिफरिसमा आउन सक्ने जनाइएको छ ।

प्रतिक्रिया