शुक्रबार, असार २०, २०८२

स्वच्छ ऊर्जा : दश वर्षमा तेल र ग्याससँग बराबरी

नेपालखोज २०८१ कार्तिक १६ गते ११:२९

नवीकरणीय ऊर्जाको विश्वव्यापी बजार २०२२ मा ७०० बिलियन डलर थियो, २०३५ सम्म यो बढेर २००० बिलियन डलर भन्दा बढि हुने अपेक्षा गरिएको छ । यो जानकारी अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) को रिपोर्टमा उल्लेख छ । सौर्य उर्जा, पवन टर्बाइन, विद्युतीय सवारी साधन, ब्याट्री र हिट पम्प जस्ता प्रविधिको माग तीव्र गतिमा बढिरहेको प्रतिवेदनले जनाएको छ ।

आईईएका अनुसार स्वच्छ ऊर्जा प्रविधिको व्यापार अर्को दशकमा तीन गुणा बढेर ५७५ बिलियन डलर पुग्न सक्छ । आईईएका कार्यकारी निर्देशक फातिह बिरोल भन्छन् – स्वच्छ प्रविधि बजार अर्को दशकमा कैंयन गुणा बढ्नेछ । अहिले नै यो जीवाश्म ईन्धन बजारको नजिक पुग्दैछ ।

ऊर्जा, उद्योग र व्यापार बीचको सम्बन्ध बिरोलले ऊर्जा, उद्योग र व्यापारका नीतिहरू अब थप अन्तरसम्बन्धित भएको बताए । ‘आफ्नो नयाँ ऊर्जा अर्थतन्त्रमा भूमिका तय गर्न खोजिरहेका देशहरूका लागि ऊर्जा, उद्योग र व्यापार तीनवटा महत्वपूर्ण क्षेत्र बन्दै गएका छन्। यो बदलिँदो अवस्थाले सरकारहरुका लागि पनि नयाँ चुनौती सिर्जना गरिरहेको छ । बिरोलले सरकारहरुले ऊर्जा सुरक्षा, आर्थिक लाभ र उत्सर्जन घटाउने कामका बीच सन्तुलन कायम गर्नुपर्ने बताए । यसबिषयमा  निर्णय लिन सरकारहरूका लागि गाह्रो भए पनि आईईएको यो नयाँ प्रतिवेदनले उनीहरूलाई डाटामा आधारित बलियो आधार प्रदान गर्दछ ।

यो रिपोर्ट अनुसार स्वच्छ ऊर्जामा त्यहाँ  लगानी भैरहेको छ जुन क्षेत्रभन्दा पहिले देखिनै लगानि छ र यसमा चीन, ईयू, अमेरिका , ब्राजिल र भारत अगाडि छन् । अमेरिका र ईयूले यसमाथिको निर्भरता घटाउने उपायहरूको ख‍ोजि गरे पनि चीन आगामी दिनमा स्वच्छ ऊर्जा प्रविधि उत्पादनको सबैभन्दा ठूलो केन्द्र बन्ने बाटोमा छ । यसैगरि ल्याटिन अमेरिका, अफ्रिका र दक्षिणपूर्वी एसिया जस्ता उदीयमान र विकासशील क्षेत्रहरूले अहिले स्वच्छ ऊर्जा प्रविधिमा आयको ५ प्रतिशत मात्र योगदान पुर्याइरहेका छन् ।

विकासशील देशहरूका लागि अवसर

जर्मन समाचार एजेन्सी डीपीएले यो प्रतिवेदनलाई उद्धृत गर्दै अफ्रिका, ल्याटिन अमेरिका र दक्षिण-पूर्वी एसिया जस्ता क्षेत्रमा धेरै अवसरहरू भए पनि यी देशहरूमा लगानीको बाटोमा धेरै अवरोधहरू रहेको बताएको छ । जस्तै राजनीतिक जोखिम, मुद्रा अस्थिरता, सीपको अभाव र कमजोर पूर्वाधार । यद्यपि, प्रतिवेदनले यी देशहरूको प्रतिस्पर्धात्मक क्षमताले लक्ष हासिल गर्नसक्ने सम्भावनाका बारेमा पनि उल्लेख गरेको छ । “यो प्रतिवेदनले देखाउँछ कि दक्षिणपूर्वी एसिया, ल्याटिन अमेरिका र अफ्रिका जस्ता क्षेत्रहरूले नयाँ ऊर्जा अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छन्”, बिरोलले भनेका छन् । हालैका वर्षहरूमा सौर्य ऊर्जा, पवन टर्बाइन र विद्युतीय सवारी साधनहरूको उत्पादनले गति लिएको छ। हालैको एक प्रतिवेदनले सन् २०३० सम्ममा विद्युतीय सवारी साधनको संख्या १० गुणाले बढ्ने बताएको छ ।

आईईएका अनुसार प्रमुख स्वच्छ ऊर्जा प्रविधिहरूको विश्वव्यापी बजार मूल्य २०१५ र २०२३ को बीचमा चार गुणा बढेर ७०० बिलियन डलर पुगेको छ । त्यो संख्या २०२३ मा विश्वव्यापी प्राकृतिक ग्यास बजारको आधा बराबर हो। हालको नीति अन्तर्गत नै स्वच्छ ऊर्जाको बजार २०३५ सम्ममा २००० बिलियन डलर पुग्नेछ । जुन कच्चा तेलक‍ो हालको बजार बराबर हो ।

सन् २०२३ मा स्वच्छ ऊर्जा प्रविधिको उत्पादनमा विश्वव्यापी लगानी ५० प्रतिशतले बढेर २३५ अर्ब डलर पुगेको छ। तेल उद्योगको अडान तेल निर्यात गर्ने देशहरूको संगठन ओपेकका अनुसार पेट्रोल र डिजेल जस्ता जीवाश्म ईन्धन माथिको निर्भरता चरणबद्ध रुपमा समाप्त गर्नु “कल्पना” मात्र हो । साउदी अरेबियाको नेतृत्वमा रहेको यो समूहले तेलको माग कम्तिमा २०५० सम्म निरन्तर बढि नै रहने भविष्यवाणी गरेको छ ।

ओपेकको वार्षिक वर्ल्ड आयल प्रोस्पेक्ट्स (WOO) प्रतिवेदनमा संगठनका महानिर्देशक हैथम अल गाइसले भनेका छन – तेल र ग्यासले आज ऊर्जा स्रोतहरूको आधा भन्दा बढी हिस्सा ओगटेको छ र २०५० सम्म यस्तै रहने अपेक्षा गरिएको छ। तेलको माग सन् २०५० सम्ममा प्रतिदिन १२ करोड ब्यारेल पुग्ने अपेक्षा गरिएको छ, जुन २०२३ मा प्रतिदिन १० करोड ब्यारेलको तुलनामा १७.५ प्रतिशतले बढि हो – प्रतिवेदनले भनेको छ ।

प्रतिक्रिया