बुधबार, असार ४, २०८२

काठमाडौंको बौद्धबाट २० जुवाडे पक्राउ

नेपालखोज २०८१ कार्तिक १९ गते १५:४५

काठमाडौं । प्रहरीले काठमाडौं महानगरपालिका–६ बौद्ध, रामहिटीस्थित रामबहादुर सुनारको घरमा जुवातास खेलिरहेको अवस्थामा आज २० जनालाई नियन्त्रणमा लिएको छ ।

उनीहरुको साथबाट छ लाख ६९ हजार आठ सय १० रुपैयाँ र खेलमा प्रयोग भएको तीन बुक तास र छ बुक नखोलेको तास प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिइएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको काठमाडौं प्रहरीका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया