शुक्रबार, असार २०, २०८२

पश्चिमी वायु र स्थानीय वायुको प्रभाव : पहाडी भू–भागका एक/दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना

नेपालखोज २०८१ कार्तिक २१ गते ६:२३

काठमाडाैं । देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

विभागले राति पहाडी भू–भागमा आंशिक बदली रहने जनाएकाे छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

प्रतिक्रिया