बिहीबार, असार ५, २०८२

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइको निधन

नेपालखोज २०७७ साउन ३२ गते १०:५१

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको ७१ वर्षकाे उमेरमा निधन भएको छ । उनको न्यूयोर्कस्थित अस्पतालमा उपचाररत अवस्थामा निधन भएकाे हाे । डोनल्ड ट्रम्पले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

ट्रम्पले न्यूयोर्क सिटी अस्पतालमा भर्ना भएका भाइलाई शुक्रबार भेटेका थिए । उनको मृत्युको कारण भने खुलाइएको छैन । ‘मेरो भाइ रोबर्टको शान्तिपूर्ण निधन भएको खबर निकै दुःखी मनसहित सुनाउँदैछु,’ ट्रम्पले एक विज्ञप्ति जारी गर्दै भने ।

‘उनी मेरा भाइमात्रै थिएनन्, उनी मेरा मिल्ने साथी थिए, उसलाई म असाध्यै मिस गर्नेछु तर हाम्रो पछि पुनः भेट हुनेछ । उनको स्मरण मेरो मुटुमा सदाका लागि रहिरहनेछ । रोबर्ट म तिमीलाई माया गर्छु ।’ ट्रम्प रोबर्टको अन्तिम संस्कारमा सरिक हुने अनुमान गरिएको छ ।

 

प्रतिक्रिया