ठेड्को ठिँगुरो तुरुङ

उहिले उहिले झ्यालखानामा लगिए पछि भाग्ला भनेर ठिँगुर्याउने चलन हुन्थ्यो । यसरी ठिँगुरोमा दुबै खुट्टा राखेर चावि लगाइन्थ्यो । पूर्व तिर भने यसलाई तुरुङ भनिन्छ भने पश्चिम तिर ठेड्को लगाउने भनिन्छ ।
नेपाल प्रहरीमा अहिले ठेड्को लगाउने चलन हराइसकेको छ । यो एकादेशको कथा झै भएको छ । अहिले ठेड्को लगाउने गरिँदैन । तर प्रहरीको शब्दमा भने अझै यो शब्द सुनिन्छ ‘यसलाई भित्र लगेर ठेड्को लगाए पछि बल्ल बोल्न थाल्छ’ । शायद यो कुनै अर्को कडा सजायँको शब्द पनि हुन सक्छ ।
प्रहरीको भाषाशैली निकै तुच्छ हुने गर्छ । अझै पनि तल्लो दर्जाको प्रहरीमा भाषागत शिष्टताको सुधार आएको छैन । नेपाल प्रहरीमा तल्लो दर्जाको प्रहरीले शिष्टता सिक्नैपर्छ । सबैसँग नेपाली राष्ट्रियताको अधिकार हुन्छ । बाटो छेउमा मागेर खाने र बिनोद चौधरी नेपाल प्रहरीको नजरमा बराबर हुनुपर्छ ।
कानुनी रुपले दोषी सावित नहुँदा सम्म हरेक नेपालीलाई सम्मान साथ हेर्न सिक्नुपर्छ । माथिल्लो दर्जामा अहिले केही शिष्टता भेटिन्छ तर तल्लो दर्जामा भेटिदैन । केही दिन अगाडी प्रहरी प्रधान कार्यालयका उच्च प्रहरी अधिकृतको साथ फोन सम्पर्क भएको थियो ।
प्रहरी प्रधान कार्यालयमा पनि मेरो पेज नियमित अवलोकन हुने जानकारी पाएको थिए । शायद यस किसिमको मेरो सुझावको पनि अध्ययन हुने छ भन्ने आशा छ ।
साथै प्रहरी अधिकृतहरुबाट तल्लो दर्जाका प्रहरीमा शिष्टताका बिशेष तालिम गराउन तर्फ उन्मुख हुने आशा पनि राखेको छु । यो तस्विर जिल्ला प्रहरी कार्यालय, भोजपुरको दृश्य हो । सजायँ पाएका दुइ कैदीलाई ठेड्को कसेर राखिएको छ ।
प्रतिक्रिया