बुधबार, असार ४, २०८२

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

नेपालखोज २०८१ कार्तिक २८ गते १५:३०

तनहुँ । ४१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका–१ थप्रेक मिया गाउँ बस्ने ४६ वर्षीय सफिदिन मियालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

मियाले ती महिलालाई कात्तिक २१ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलचौतराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा २० जना पक्राउ

कास्कीको पोखरा महानगरपालिका–१६ अमरदिप बस्ने ४५ वर्षीया गौमाया गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरूङ समेत ७ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १ हजार २ सय ४० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदी बस्ने ५० वर्षीय मान बहादुर घलेको घरमा जुवा खेलिरहेको अवस्थामा घले समेत १३ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ४३ हजार १ सय ९० रूपैयाँ र कौडा १६ थान सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्रोत नखुलेको नगद सहित तीन जना पक्राउ

जनकपुर उपमहानगरपालिका–१२ कुवारामपुर बजारबाट स्रोत नखुलेको नगद १९ लाख रूपैयाँ सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत बिहार राज्य मधुबनी चाना हरलाखी ग्राम पञ्चायत हरलाखी–८ बस्ने २६ वर्षीय बिष्णु देव यादव, धनुषा जनकपुर उपमहानगरपालिका–४ बस्ने २८ वर्षीय रमेश साह, धनौजी गाउँपालिका–७ भररिया टोल बस्ने २० वर्षीय रवि पासवान रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज.१२ प ६४३ नम्बरको मोटरसाइकलमा सवार बिष्णु देवलाई उक्त नगद सहित पक्राउ गरी थप अनुसन्धानको क्रममा उक्त कार्यमा संलग्न रमेश र रविलाई समेत पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं महानगरपालिका–३२ कोटेश्वर भाटभटेनीस्थित सडकमा बागमती प्रदेश ०२–०२० प ५१७७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूषको मंगलबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिनुका साथै दुर्घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

काठमाडौंको नागार्जुन नगरपालिका–४ शरणपुरस्थित पार्किङ गरी राखिएको बा.२ ख ४३९७ नम्बरको आईचर गाडीमा मंगलबार दिउँसो आगलागी हुँदा गाडीको अगाडिको भाग जलेर क्षति भएको छ ।

पर्साको जिराभवानी गाउँपालिका–४ सुपौली बजारस्थित संदिप चौधरीको सुमित कस्मेटिक एण्ड फेन्सी स्टोर पसलमा विद्युत सर्ट भई मंगलबार साँझ आगलागी हुँदा स्टोरभित्र रहेका कपडा र कस्मेटिकका सामानहरू जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रतिक्रिया