शनिबार, असार १४, २०८२

समता घरेलु लघुवित्तकाे एफपीओ बाँडफाँड

नेपालखोज २०८१ कार्तिक ३० गते १०:१०

काठमाडौं । समता घरेलु लघुवित्तले एफपीओ बाँडफाँड गरेकाे छ । बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलले शुक्रबार एक कार्यक्रमको आयोजना गरी एफपीओ बाँडफाँड गरेको हो ।

एफपीओमा रितपूर्वक आवेदन दिनेको संख्या १३ लाख ४७ हजार ५१३ थियो । ती आवेदकमध्ये ३५ हजार ९० जनाले एफपीओ पाएका छन् । ३५ हजार ८४ जनालाई १० कित्ताका दरले र बाँकी ४ जनालाई ११ कित्ताका दरले सेयर प्रदान गरिएको क्यापिटलले जनाएको छ ।

लघुवित्तले कात्तिक १२ देखि २० गतेसम्म एफपीओमा आवेदन माग गरेको थियो । हाल बजारमा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९२५ रुपैयाँ छ ।

प्रतिक्रिया