काेराेनाकाे प्रभाव: न्यूजिल्याण्डकी प्रधानमन्त्रीले गरिन् चुनाव स्थागित
काठमाडौं । न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले कोरोना भाइरस रोकथाम लागि नयाँ नीति नियमलाई तीब्र गति दिएकी छिन् । काेराेना शून्य बनाउन सक्षम घाेषित भएकी उनी पछिल्ला दिनमा अकल्याण्डको एक इलाकामा ४९ नयाँ संक्रमित भेटिएका छन् ।
गत हप्ता अकल्याण्डमा नयाँ संक्रमित भेटिएका थिए । अब प्रधानमन्त्रीले अर्को महिना १० सेप्टेम्बरमा हुने आम निर्वाचनलाई चार हप्ताका लागि स्थागित गरेकी छिन् । आम निर्वाचन १७ अक्टोबरदेखि हुनेछ जानकारी दिइन ।
प्रधानमन्त्रीले २५ हजार मतदातालाई सुरक्षित राख्नु सबैभन्दा ठूलो चुनौती भएको बताएकी छिन् । आर्डर्नले चुनाव स्थगित गर्ने निर्णय लिनेबेला आफूले मतदानका बेला मतदाता र सहभागीहरुको पारदर्शितालाई ध्यानमा राखेको बताएकी छिन् । उनले चुनावलाई थप अघि बढाउन नसकिने बताएकी छिन् ।
‘कोभिड अब थप केही समयका लागि हामीसँगै हुनेछ । चुनावलाई अघि बढाउँदा कोभिडको दखलको खतरा कम हुनेछैन र यसैकारण चुनाव आयोगले यस्तो तयारी गरेको हो । यदि देशमा कोरोना महामारीको लेभल दुई वा केही हदसम्म लेभल तीनसम्म पुग्दा पनि मतदान गरिनेछ ’ प्रधानमन्त्रीले भनिन् ।
सोमबार जारी गरिएको एक स्थानीय अनुसन्धानको आँकडा अनुसार न्यूजिल्याण्डमा ६० प्रतिशत मानिसहरुले चुनाव १० सेप्टेम्बरको निश्चित मितिमा हुन नसक्ने बताएका थिए । संसद अब ६ सेप्टेम्बरलाई भङ्ग हुनेछ । आइतबारसम्म न्यूजिल्याण्डमा कोरोनाका ६९ सक्रिय संक्रमित थिए । यीमध्ये ४९ संक्रमित अकल्याण्डका हुन् । (बीबीसी)
प्रतिक्रिया