आज राती केही स्थानमा ठुलो वर्षाको सम्भावना
नेपालखोज
२०७७ भदौ २ गते ८:०५
काठमाडौं । जल तथा मौसम पूर्वानमान महाशाखाकाअनुसार आज देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
हाल मनसुनी न्युन चापीय रेखा नेपालको दक्षिण तर्फ अवस्थित रहेको छ । आज वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश न ५ र कर्णाली प्रदेशका केही स्थानको मौसममा बदली भई हल्का वर्षा भइरहेको छ ।
आज दिउँसोपछि पनि देशका केही स्थानमा मात्र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ । त्यस्तै आज राति बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदुरपश्चिम प्रदेशका केही स्थानमा ठुलो वर्षाको सम्भावना रहेको जनाइएको महाशाखाले जनाएको छ ।
देशका केही स्थानमा ठुलो वर्षाको सम्भावना रहेकोले नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने स्थानमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया