शनिबार, असार २१, २०८२

जलविद्यतमा लगानी गर्न ऊर्जा मन्त्री पुनको आग्रह

नेपालखोज २०७७ भदौ २ गते १९:३६

काठमाडौं। विदेशी लगानीकर्तासँग मिलेर जलविद्युत्मा लगानी गर्न नेपालका ऊर्जा उद्यमीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आग्रह गरेका छन्।

मन्त्री पुनले विदेशी लगानीकर्तासँग मिलेर ऊर्जा उत्पादनमा लाग्ने स्वदेशी लगानीकर्तालाई नीतिगत रुपमै सरकारले स्वागत, प्रोत्साहन र संरक्षण गर्नेसमेत बताए। विदेशी लगानीकर्तासँग काम गर्दा घरेलु लगानीकर्ताले दक्षता वृद्धि, प्रविधिमा विकास तथा व्यापारिक ज्ञान हासिल गर्न सक्ने विश्वास मन्त्री पुनको थियो।

मन्त्री पुनले वर्तमान सरकार र ऊर्जा मन्त्रालयको नेतृत्वले जलविद्युत् क्षेत्रका लागि लगानीमैत्री वातावरण बनाएको उल्लेख गर्दै उनले निजी क्षेत्रबाट उत्पादित सबै बिजुली किन्न सरकार तयार रहेको दोहोर्‍याए।

निजी क्षेत्रका सबै आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद सम्झौतामार्फत खरिद गर्ने प्रतिबद्धता मन्त्री पुनको भनाइ थियो।

प्रतिक्रिया