शुक्रबार, असार १३, २०८२

उपदान तथा पेन्सन कोषमा रहेको थप तीन अर्ब रुपैयाँ निक्षेप लगानी गर्दै राष्ट्र बैंक

नेपालखोज २०८१ मंसिर २० गते १९:३०

काठमाडाैं । उपदान तथा पेन्सन कोषमा रहेको थप तीन अर्ब रुपैंयाँ निक्षेप लगानी गर्नको लागि राष्ट्र बैंकले प्रस्ताव आव्हान गरेको छ । बिहिबार नैं बिभिन्न कोषमा रहेको एक अर्ब ३७ करोड रुपैंयाँ संस्थागत निक्षेप लगानीको लागि प्रस्ताव मागेको राष्ट्र बैंकले सोही दिन थप तीन अर्ब रुपैयाँ लगानीको लागि बैंकहरुसंग प्रस्ताव माग गरेको हो ।

उपदान तथा पेन्सन कोषमा रहेको रकम तीन सय ६६ दिने मुुद्धतीकोरुपमा लगानी गर्न प्रस्ताव आव्हान गरिएको राष्ट्र बैंकको भनाई छ । रकम लगानीको अवधि बिसं २०८१ पुस दुई गते देखि बिसं २०८२ पुस दुई गतेसम्म रहेको छ । रकम लगानी गर्न चाहाने बैक तथा फाईनान्स कम्पनीहरुले यही मंसिर २३ गतेसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर प्रस्ताव पेस गर्नुुपर्ने छ ।

राष्ट्र बैंकका अनुसार लगानीको लागि छुुट्याईएको कुुल रकम मध्ये बाणिज्य बैंकहरुको लागि दुई अर्ब ४० करोड, बिकास बैंकहरुको लागि ४५ करोड र फाईनान्स कम्पनीहरुको लागि १५ करोड रुपैंयाँ तोकिएको छ ।

रकम लगानी चाहाने बैंक तथा बित्तीय संस्थाहरु सञ्चालनमा आएको दुई बर्ष पुरा गरेको हुुनुुपर्ने, निष्क्रिय कर्जा राष्ट्र बैंकले तोकेको सिमाभित्र रहेको हुुनुुपर्ने लगायतका प्रावधानहरु तोकिएका छन् ।

प्रतिक्रिया