शुक्रबार, असार १३, २०८२

युनियन मेवा हाइड्रोको शेयर बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल

नेपालखोज २०८१ मंसिर २१ गते १४:०२

काठमाडौं । युनियन मेवा हाईड्रो पावर लिमिटेड र लक्ष्मी सनराईज क्यापिटलबिच सम्झौता भएको छ । युनियन मेवा हाइड्रोले सर्वसाधारणमा बिक्री गर्नै एक सय रुपैंयाँ अंकित दरका ३५ करोड ३८ लाख ६० हजार पाँच सय रुपैंयाँ बराबरको ३५ लाख ३८ हजार छ सय पाँच कित्ता साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्ध गर्ने बिषयमा लक्ष्मी सनराईज क्यापिटलसंग सम्झौंता गरेको हो ।

सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठ र युनियन मेवा हाइड्रो लिमिटेडकोे तर्फबाट अध्यक्ष किरण मल्लले हस्ताक्षर गरेका छन् । युनियन मेवा हाइड्रोले ताप्लेजुङ जिल्लाको मिक्वा खोला गाउँपािलकामा रहेका २३ मेगावाट क्षमताको मेवा खोला जलबिद्युत आयोजना निर्माणाधिन करिब ३५ प्रतिशत कार्य सम्पन्न भईसकेको छ । –RSS

प्रतिक्रिया