बिहीबार, असार १९, २०८२

अर्घाखाँचीमा एक हप्ता लकडाउन

नेपालखोज २०७७ भदौ ३ गते १६:१७

अर्घाखाँची । जिल्लामा बुधबार बिहान ६ बजेदेखि एक हप्ताका लागि स्थानीय प्रशासनले लकडाउन गरेको छ ।

कोराना सक्रमण बढ्दो रूपमा देखिएपछि जिल्ला प्रशासन कार्यालयको संयोजनमा भएको सर्वपक्षीय बैठकले लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए ।

जिल्लामा हाल तीन कोरोना संक्रमित छन् । संक्रमित हुनेमा भूमिकास्थान नगरपालिकाका दुई र शीतगंगा नगरपालिकाका एक पुरुष छन् । उनीहरु हाल स्थानीयत हले निर्माण गरेको क्वारेन्टाइनमा बसेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले बताए ।

जिल्लामा रहेका ३ सय ३० संक्रमितमध्ये तीन जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले जानकारी दिए । निको भएर घर फर्कनेको संख्या ३ सय २४ छ । जिल्ला बाहिर तथा भारतबाट आएका १६१ जना विभिन्न क्वारेन्टाइनमा बसेका छन् । रासस

प्रतिक्रिया