सोमबार, असार २, २०८२

सुनको मूल्य बढ्यो, चादीको स्थिर

नेपालखोज २०८१ पुष १ गते ११:१४

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ भने चादीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ४०० रुपैयाँ बढेर १ लाख ५१ हजार २०० रुपैयाँमा कारोबार भएको छ । आइतबार तोलामा १ लाख ५० हजार ८०० रुपैयाँ कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदीको मूल्य १ हजार ८४० रुपैयाँ कायमा कारोबार भएको महासंघले जनाएको छ । चाँदीको मूल्य आइतबार पनि तोलामा १ हजार ८४० रुपैयाँ कारोबार भएको थियो ।

प्रतिक्रिया