सीएनआईवाईईएफको ‘सिनर्जी’ सम्मेलन : उद्यमीलाई दिगो आर्थिक विकासमा अघि बढाउने प्रतिबद्धता

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआईवाईईएफ) ले पहिलो राष्ट्रिय नेतृत्व सम्मेलन ‘सिनर्जी’ सम्पन्न गरेको छ । नेतृत्व र नीतिगत वहसका माध्यमबाट युवा उद्यमीलाई दिगो आर्थिक विकासमा अघि बढाउने प्रतिबद्धता गरिएको छ ।
सुदृढ नेतृत्व र नीतिगत वहसमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाले नेपालको बदलिंदो व्यवसायिक परिवेशलाई सहज बनाउन कुशल नेतृत्व आवश्यक रहेको बताए । उनले युवा उद्यमीको नवप्रवर्तनशील सोंच र दृढताले देशको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
मुलुकमा उद्यमीका लागि धेरै अवसर रहेको भन्दै उनले त्यसको पहिचान गरी अगाडि बढ्न युवा उद्यमीलाई सुझाव दिए । स्पष्ट दृष्टिकोण र योजनाका साथ अगाडि बढ्दा व्यवसायिक जिवनमा सफलता हासिल हुने उनले बताए ।
परिसंघका निवर्तमान अध्यक्ष विष्णु कुमार अग्रवालले व्यवसायिक एवं संस्थाको नेतृत्व गर्ने क्रममा विभिन्न चुनौतीको सामना गर्नुपर्ने अनुभव सुनाउँदै सफल हुन दृढतापूर्वक आफ्नो लक्ष्यमा केन्द्रित हुनुपर्ने बताए । विद्यमान अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेपनि उद्यमीका लागि देशभित्र राम्रो अवसर रहेको उनले बताए ।
परिसंघका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज युवा नेतृत्व भविष्यका लागि मात्र नभई परिवर्तनको वर्तमान चालक पनि भएको बताए । उनले व्यवसायमैत्री वातावरण निर्माण गर्न नीतिगत सुधारमा आवश्यक रहेको र परिसंघका त्यसका लागि निरन्तर काम गरिरहेको बताए ।
प्रतिक्रिया