राजश्व चुहावट नियन्त्रण गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले लुम्बिनीमा बढ्दै गएको राजश्व चुहावट तुरून्त नियन्त्रण गर्न लुम्बिनी प्रदेशका सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
गृहमन्त्रालय र आन्तरिक मामिला मन्त्रालय लुम्बिनी प्रदेशले संयुक्त आयोजनामा मंगलबार भैरहवामा भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले सिमानामा भइरहेका अपराध, तस्करी, राजस्व चुहावट तुरून्त नियन्त्रण गर्न निर्देशन दिएका हुन् ।
‘क्रसबोर्डर अपराध भइरहेको छ, तस्करी मौलाएकोले राजस्व चुहावट भइरहेको सुनिएको छ,’ गृहमन्त्रीले भने,’ गोष्ठी सकिएपछि यस्तो गुनासो सुन्न नपरोस् ।’ उनले पछिल्लो समय साइबर क्राइम बढेको बताउँदै यसलाई पनि नियन्त्रण गर्न निर्देशन दिए ।
गृहमन्त्री लेखकले संविधानको सुरक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि शान्ति सुरक्षा मजबुद हुनुपर्ने बताए । उनले शान्ति सुरक्षा खलबलिनेवितिकै मौलिक हक गुम्ने भएकाले लोकतन्त्रको पूर्वशर्त नै शान्तिसुरक्षा रहेको बताए ।
उनले संविधानको सहि कार्यान्वयनका लागि शान्ति सुरक्षा नै प्रमुख सवाल हुने भएकाले यसतर्फ ध्यान दिन आग्रह गरे । गृहमन्त्री लेखकले शान्ति, सुशासन, विकास रसमृद्विका लागि पनि शान्तिसुरक्षा अनिवार्य शर्त रहेको बताए ।
प्रतिक्रिया