बुधबार, जेठ १, २०८२

नेपाल विश्वविद्यालयको कुलपतिमा डा. लोहनी नियुक्त

नेपालखोज २०८१ पुष ५ गते १५:४२

काठमाडौं । नेपाल विश्वविद्यालयको कुलपतिमा डा. बिन्दुनाथ लोहनी नियुक्त भएका छन् ।

नेपाल विश्वविद्यालयको सर्वोच्च शासकीय निकाय, संरक्षण परिषद्को पहिलो बैठकले डा. लोहनीलाई ४ वर्षका लागि कुलपतिको पदमा नियुक्त गरेकाे हाे ।

लोहनीले सन् १९७० मा भारतको बिरला इन्स्टिच्युट अफ टेक्नोलोजीबाट स्वर्ण पदकसहित सिभिल इन्जिनियरिङमा स्नातक अध्ययन पूरा गरेका छन् ।

साथै डा. लोहनीले सन् १९७४ मा अमेरिकाको नर्थ क्यारोलिना विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातकोत्तर र सन् १९७७ मा एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी, बैंककबाट वातावरणीय प्रविधि र व्यवस्थापन विषयमा विद्यावारिधि गरेका छन् ।

डा लोहनीका विकास र वातावरण बारेमा विभिन्न कृति प्रकाशित छन् ।

प्रतिक्रिया