बिहीबार, असार १२, २०८२

सुनको मूल्य स्थिर, चाँदीको बढ्याे

नेपालखोज २०८१ पुष ९ गते ११:०१

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ४९ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार पनि स्थिर रहेको छ ।

यस्तै, चाँदीको मूल्य बढेको छ । चाँदीको मूल्य आज तोलामा १ हजार ८०५ रुपैयाँ रहेकाे महासंघले जनाएको छ । चाँदीको मूल्य सोमबार तोलामा १ हजार ७९५ रुपैयाँ कायम भएको थियाे ।

प्रतिक्रिया