शुक्रबार, वैशाख १२, २०८२

कजाकिस्तानमा एक यात्रुवाहक विमान दुर्घटना, २५ जनाको जीवितै उद्धार

नेपालखोज २०८१ पुष १० गते १४:४४

काठमाडाैं । कजाकस्तानको अक्ताउ सहरमा बुधबार भएको यात्रुवाहक विमान दुर्घटनामा सवार ६७ जनामध्ये २५ जनाको जीवितै उद्धार गरिएको छ ।

कजाखस्तानको विपत् व्यवस्थापन मन्त्रालयका अनुसार विमानमा सवार २५ जना यात्रुको जीवितै उद्धार गरिएको र जसमध्ये २२ जनालाई उपचारका लागि अस्पताल लगिएको छ ।

एम्ब्रेयर १९० विमानमा ६२ यात्रु र चालक दलका पाँच सदस्य गरी ६७ जना रहेको यातायात मन्त्रालयले जनाएको छ ।

अजरबैजान एयरलाइन्सले सञ्चालन गरेको उक्त विमान अक्ताउ शहर नजिकै खसेपछि आगो लागेको अधिकारीहरुले बताएका छन् । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

अजरबैजान एयरलाइन्सको जे२-८२४३ विमान अजरबैजानको राजधानी बाकुबाट रुसको ग्रोज्नीका लागि उडेको थियो । आँधीबेहरीका कारण यसलाई ‘डाइभर्ट’ गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया