मंगलबार, वैशाख १८, २०८१

आज विहिबार विष्णु भगवानको पुजा गर्नुहोस । यस्तो छ तपाईको आजको भाग्य हेर्नुहोस ।

नेपालखोज २०७६ कार्तिक २८ गते ६:२४

विष्णु भगवान र उनका अवतारहरूको पुजा गरिने दिन विहिबार हो। पुजाको सामग्रीमा दूध र घ्यू समावेश गर्नुपर्दछ। व्रत बस्नेहरूले एकछाक दूग्धपदार्थ खानुपर्दछ। अधिकांश व्रतालुहरूले यस दिन श्रीमद्भागवत पुराण पनि पाठ गर्दछन्।

आज २८ कार्तिक २०७६ बिहिवार को राशिफल

मेष
नयाँ कार्यको योजना बन्नेछ । वस्त्र एवं अलंकार प्राप्ति हुनेछ । आँटेको र ताकेको कार्यहरू पुरा होलान् । रमाइलो यात्राको योगपनि रहेको छ ।

मिथुन
सरकारी निकाएको भय रहला । राजनीतिक कार्यमा बाधा आउनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । मनमा सङ्का उत्पन्न हुनेछ ।

सिंह
इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

तुला
आज मन खिन्न हुने स्थिति आउन सक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । महत्वकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला ।

धनु
आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

कुम्भ
अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । स्वास्थ्यमा समस्या आउनेछ । मन कमजोर र धन खर्च हुनेछ । आर्थिक कारोवारमा बिवाद बढ्नेछ ।

बृष
अनुहारमा कान्ति र मनमा शान्ति छाउला । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । कार्यमा सफलता पाईनेछ । प्रेमसम्बन्ध कसिलो हुनेछ ।

कर्कट
लगनशीलताले कामहरु अगाडी बढ्नेछन । समाजसेवामा मन लाग्नेछ । शत्रु पराजित हुनेछन् । धार्मिक कार्यमा रुचि बढ्नेछ । पारिवारिक सद्भाव बढ्नेछ ।

कन्या
बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । अधुरो काम पूरा हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । रमणीय र सुखद् यात्राको योगपनि छ ।

बृश्चिक
शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्यहरू पुरा हुनेछन् । आकस्मिक धन लाभ होला । सांगीतिक क्षेत्रमा रुचीपनि बढ्नेछ ।

मकर
चिताएको कामले तीव्रता लिनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । चोटपटकको भयपनि छ‚ सचेत रहनुहोला ।

मीन
दैनिक कार्यमा प्रगति हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । नसोचेको ठाउँबाट धनागमन हुनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया