अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको १०० वर्षकाे उमेरमा निधन
नेपालखोज
२०८१ पुष १५ गते ८:११

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरको निधन भएको छ । एक सय वर्षको उमेरमा उनको निधन भएको हो । आइतबार साँझ जर्जियाको प्लेन्सस्थित आफ्नै निवासमा उनको निधन भएको जनाइएकाे छ ।
सन् १९७७ देखि १९८१ सम्म राष्ट्रपति भएका कार्टर १०० वर्ष बाच्ने अमेरिकाको पहिलो राष्ट्रपति समेत हुन् । राजनीतिमा प्रवेश गर्नुअघि उनी सामान्य किसान तथा अमेरिकी जल सेनाका लेफ्टिनेन्ट थिए ।
मध्यपूर्वमा शान्ति स्थापनाका लागि ऐतिहासिक काम गरेको भन्दै उनलाई सन् २००२ मा नोबेल शान्ति पुरस्कार दिइएको थियो ।
सम्बन्धित
प्रतिक्रिया