दक्षिण कोरियामा विमान दुर्घटना, १४१ जनाको सनाखत
नेपालखोज
२०८१ पुष १५ गते ११:१७

काठमाडाैं । दक्षिण कोरियामा विमान दुघर्टनामा परेर मृत्यु भएका १४१ जनाको सनाखत भएको छ ।
दुघर्टनामा परेर मृत्यु भएका १७९ जनामध्ये १४१ जनाको सनाखत भएको त्यहाँको भूमि मन्त्रालयले जनाएकाे छ । १७९ जनाकै शवलाई अहिले अस्थायी शव घरमा राखिएको छ ।
आइतबार बैंककबाट आउँदै गरेको जेजु एयरको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर बारमा ठोक्किएर दुर्घटना भएको थियाे ।
विमानमा रहेका १८१ जना मध्ये २ जनाको जीवितै उद्धार गरिएको थियो । यी २ जना चालक दलको सदस्य हुन् । दुवैको अस्पतालमा उपचार भइरहेको छ ।
आइतबार भएको दुघर्टनाको कारणबारे छानबिन भइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया