यस्तो छ तरकारी र फलफूल आजको मूल्य

काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
आज गोलभेडा ठूलो (भारतीय) प्रतिकेजी) ८० रुपैयाँ, गोलभेडा सानो (लोकल) प्रतिकेजी २५ रुपैयाँ, गोलभेडा सानो (भारतीय) प्रतिकेजी ३५ रुपैयाँ, गोलभेडा सानो (तराई) प्रतिकेजी ४० रुपैयाँ, आलु रातो प्रतिकेजी ४८ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकेजी ४० रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकेजी ७० रुपैयाँ कायम भएको छ ।
गाजर (लोकल) प्रतिकेजी १०० रुपैयाँ, गाजर (तराई) प्रतिकेजी ९० रुपैयाँ, बन्दा (लोकल) प्रतिकेजी ३० रुपैयाँ, बन्दा (तराई) प्रतिकेजी २५ रुपैयाँ, बन्दा (नरिवल) प्रतिकेजी ३० रुपैयाँ, काउली स्थानीय प्रतिकेजी ३० रुपैयाँ, स्थानीय काउली (ज्यापु) प्रतिकेजी ४० रुपैयाँ, काउली तराई प्रतिकेजी २० रुपैयाँ, मूला रातो प्रतिकेजी ३५ रुपैयाँ, मूला सेतो (लोकल) प्रतिकेजी ३५ रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकेजी ४० रुपैयाँ, भन्टा लाम्चो प्रतिकेजी ५० रुपैयाँ, भन्टा डल्लो प्रतिकेजी ६० रुपैयाँ कायम भएको छ ।
यसैगरी, मकै बोडी प्रतिकेजी ६० रुपैयाँ, मटरकोसा प्रतिकेजी ९० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकेजी ७० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी ७० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकेजी ८० रुपैयाँ टाटे सिमी प्रतिकेजी ५० रुपैयाँ, तिते करेला प्रतिकेजी १०० रुपैयाँ, लौका प्रतिकेजी ६० रुपैयाँ, चमसुरको साग ७० रुपैयाँ, तोरीको साग प्रतिकेजी ४०, मेथीको साग प्रतिकेजी ७० रुपैयाँ, प्याज हरियो प्रतिकेजी रु ६०, बकुला प्रतिकेजी ८० रुपैयाँ, तरुल प्रतिकेजी ८० रुपैयाँ, च्याउ (कन्य) प्रतिकेजी ८० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकेजी ३०० रुपैयाँ निर्धारण गरिएको छ ।
ब्रोकाउली प्रतिकेजी ५० रुपैयाँ, चुकुन्दर प्रतिकेजी ९० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ, जिरीको साग प्रतिकेजी ७० रुपैयाँ, ग्याठ कोबी प्रतिकेजी ९० रुपैयाँ, सेलरी प्रतिकेजी ४०० रुपैयाँ तोकेको छ ।
यसैगरी, अदुवा प्रतिकेजी १३० रुपैयाँ, खुर्सानी सुकेको प्रतिकेजी ४०० रुपैयाँ, खुर्सानी हरियो प्रतिकेजी ७० रुपैयाँ, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी ९० रुपैयाँ तोकेको छ ।
प्रतिक्रिया