बुधबार, असार ११, २०८२

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

नेपालखोज २०८१ पुष २४ गते ११:२७

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य बढेको छ । चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य १ लाख ५२ हजार ५०० रुपैयाँमा कायम भएको छ । मंगलबार तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको थियाे ।

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार तोलामा १ हजार ८३० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

प्रतिक्रिया