टर्कीएको होटलमा आगलागी हुँदा १० जनाको मृत्यु, ३२ घाइते
नेपालखोज
२०८१ माघ ८ गते १९:३७

इस्तानबुल । टर्कीएको उत्तरपश्चिमी बोलु प्रान्तको एक होटलमा मङ्गलबार भएको आगलागीबाट कम्तीमा १० जनाको मृत्यु हुनुका साथै ३२ जना घाइते भएको आन्तरिक मन्त्री अली येर्लिकायाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
गभर्नर अब्दुलअजीज आयडिनले स्थानीय समय अनुसार बिहान ३ः३० बजे एउटा होटेलमा आगलागी भएको र दुई जनाको भवनबाट हाम फालेर मृत्यु भएको बताए ।
एनटिभी प्रसारकका अनुसार आगलागीको कारण खुल्न सकेको छैन । आगलागीको सूचना पाएपछि नगर केन्द्रले दमकल, खोज तथा उद्धार टोली र मेडिकल टोली पठाइएको थियो । विद्यालयहरूमा सेमेस्टर बिदा भएकाले यस क्षेत्रका होटलहरूमा विशेष भीड थियो । रासस/सिन्ह्वा
सम्बन्धित
प्रतिक्रिया