कोरोना : चितवनमा ५ महिने बालकसहित थप ५२ जनामा संक्रमण
नेपालखोज
२०७७ भदौ ११ गते ८:४८
चितवन । चितवनमा ५ महिनाका बालकसहित थप ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बुधबार राति गरिएको परीक्षणमा चितवनका २५ र तनहुँ देवघाटका एक जनामा संक्रमण पुष्टि भएको हो ।
चितवन मेडिकल कलेजको प्रयोगशालामा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा रत्ननगर नगरपालिका भित्रका मात्रै १४ जना छन्। रत्ननगर नगरपालिका वडा नम्बर ४, ९ र १२ का १२ जना पुरुष र २ महिला रहेका छन्। उनीहरू रत्ननगरका क्वारेन्टिनमा रहेका थिए ।
यसअघि लामो समय संक्रमण शून्य भएको माडी नगरपालिकामा फेरि ९ जना कोरोना पोजेटिभ देखिएको छ । माडीमा ५ महिने बालक पनि संक्रमण देखिएको छ । वडा नम्बर ६ र ७ का ५ जना पुरुष र ४ जना महिलामा संक्रमण देखिएको हो । उनीहरू सबै क्वारेन्टिनमा छन् ।
सम्बन्धित
प्रतिक्रिया