अफगानिस्तान बाढी अपडेट : मृत्यु हुनेको संख्या एक सय नाघ्यो, प्रभावित क्षेत्रमा आपतकाल घोषणा
नेपालखोज
२०७७ भदौ ११ गते ९:२५
एजेन्सी । अफगानिस्तानमा हिजो विहान आएको बाढी पहिरोका कारण मृत्यु हुनेको संख्या एक सय नाघेको छ । मृत्यु हुनेमा अधिकांश बालबालिका रहेका छन् ।
अफगानिस्तानको उत्तरी क्षेत्रमा रहेको परवान राज्य बाढीका कारण बढी प्रभावित भएको छ । भारी वर्षासँगै आएको बाढी पहिरोमा हराइरहेकाहरुको खोजी कार्य जारी रहेको र मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
बाढी पहिरोमा ५ सय भन्दा बढी घरहरु ध्वस्त भएका छन् भने सयौं सवारीसाधन पुरिएका छन् । उद्धार कार्य धमाधम भइरहेको छ भने प्रभावितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ ।
यसैबीच अफगानिस्तानका राष्ट्रपति असरफ घानीले बाढी प्रवाभित क्षेत्रहरुमा आपतकाल घोषणा गर्न र पीडितहरुलाई उचित राहत दिन निर्देशन दिएका छन् ।
सम्बन्धित
प्रतिक्रिया