बिहीबार, असार ५, २०८२

भारतमा एकैदिन झण्डै ७६ हजार सङ्क्रमित भेटिए

नेपालखोज २०७७ भदौ ११ गते १३:५३

नयाँदिल्ली । भारतमा एकैदिन अहिलेसम्मको सबैभन्दा धेरै झण्डै ७६ हजार सङ्क्रमित भेटिएका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ७५ हजार ७ सय ६० जना सङ्क्रमित भएका छन् ।

योसँगै भारतमा कुल सङ्क्रमितको संख्या ३३ लाख १० हजार २ सय ३५ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । त्यसैगरी भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये अहिलेसम्म कुल ६० हजार ४ सय ७२ जनाको मृत्यु भएको पनि मन्त्रालयको तथ्याङ्क छ ।

ती मध्ये एक हजार २३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । कुल सङ्क्रमितमध्ये ७ लाख २५ हजार ९ सय ९१ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

भारतमा कोरोना भाइरसबाट सङ्क्रमित भएर पनि सङ्क्रणमुक्त भएकाहरुको संख्या २५ लाख २३ हजार ७ सय ७२ पुगेको जनाइएको छ । प्रदेश अनुसार हेर्दा भारतमा सबैभन्दा धेरै महाराष्ट्रमा कोरोनाको प्रभाव बढी देखिएको छ ।

सो प्रदेशमा अहिलेसम्म कुल एक लाख ७३ हजार १ सय ९५ जना सङ्क्रमित भएका छन् । रासस

प्रतिक्रिया