थप ८ जनाको कोरोनाबाट मृत्यु, मृतकको संख्या १ सय ८३ पुग्यो
नेपालखोज
२०७७ भदौ ११ गते १६:४६
काठमाडौं । पछिल्लो २४ घण्टा यता नेपालमा थप ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । निधन हुनेमा ५ जना महिला र ३ जना पुरुष रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका हु्न् ।
पछिल्लो २४ घण्टा यता मृत्यु हुनेमा ललितपुरकाे ६५ वर्षीया, बाराकाे ४६ वर्षीया, कास्कीकाे ३५ वर्षीया, रुपन्देहीकाे ७० वर्षीया महिलाहरु रहेका छन् । भने काठमाडाैंकाे ४८ वर्षीया पुरुष, पर्साकाे ६२ वर्षीया र कपिलवस्तुकाे ५० वर्षीया पुरुषहरुकाे निधन भएकाे हाे ।
सम्बन्धित
प्रतिक्रिया