सिरहामा थप एक जना कोरोना संक्रमितको मृत्यु
धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । सिरहाका ५५ वर्षीय पुरुषको बिहीबार साँझ उपचारका क्रममा मृत्यु भएको हो ।
उनलाई अत्यधिक खोकी, ज्वरो र स्वासप्रश्वासमा समस्या आएपछि भदौ ६ गते उपचारका लागि प्रतिष्ठान ल्याइएको प्रतिष्ठानका प्रवक्ता प्राडा निदेश सापकोटाले बताए । उनलाई सुरुमा मेडिसिन वार्डमा भर्ना गरिएको थियो भने भदौ ७ गते पीसीआर जाँचको रिपोर्ट कोरोना पोजिटिभ आएपछि कोभिड आस्पतालमा भर्ना गरिएको थियो ।
कोभिड अस्पतालको आईसीयुमा अक्सिजन दिएर उपचार गर्दागर्दै मृत्यु भएको प्रवक्ता सापकोटाले बताए । मृतकले १८ महिनादेखि उच्च रक्तचापको औषधि सेवन गर्दै आएको र २० वर्षअघि क्षयरोग भएको प्रतिष्ठानले जनाएको छ । शवको व्यवस्थापन गर्न स्वास्थ्य प्रोटोकलअनुसार पहल भइरहेको प्रतिष्ठानले जनाएको छ ।
प्रतिक्रिया