शुक्रबार, असार २०, २०८२

कोरोना संक्रमणबाट झापामा एक जनाको मृत्यु

नेपालखोज २०७७ भदौ १२ गते ८:१३

झापा । झापाका एक जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । झापाको कमल गाउँपालिकाका–३ केर्खा बजारका ८३ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण बिहिबार राति ११ वजे उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि एक साताअघि उनलाई उपचारका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको काफ्लेले बताए ।

प्रतिक्रिया