भोलिका लागि तय नेकपा सचिवालय बैठक पुनः स्थगित
काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको भोलि बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भएको भेटवार्तापछि भदौ १८ सम्मलाई सचिवालय सारिएको हो ।
ओली—दाहालबीच आज भएको भेटवार्ताको क्रममा विवाद समाधान कार्यदल बुझाएको प्रतिवेदनमाथि छलफल भएको बताइएको छ । पार्टी भित्रको विवाद समाधान गर्न अध्यक्षद्वयले महासचिव बिष्णु पौडेलको नेतृत्वमा कार्यदल गठन गरेका थिए ।
उक्त कार्यदलले दिएको प्रतिवेदनमाथि दुई अध्यक्षले छलफल गरिरहेका छन् । अध्यक्षद्वयले निर्माण गरेको कार्यदलले ओलीले प्रतिनिधिसभाको यो कार्यकालभर प्रधानमन्त्रीको जिम्मेवारीमा सम्हालेर सरकारको काममा केन्द्रित हुने उल्लेख छ ।
त्यस्तै, अध्यक्ष दाहाललाई कार्यकारी अधिकारसहित मूलतः पार्टीका बैठकहरूको सञ्चालन, निर्णयहरूको कार्यान्वयन र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रित हुनुपर्ने सुझाव दिएको छ । त्यस्तै नेता माधवकुमार नेपालले उठाउँदै आएको ‘एक व्यक्ति, एक पद’को एजेण्डा भने प्रतिवेदनमा अटाएको छैन ।
प्रतिक्रिया